प्रदेश १ः एमाले र गठबन्धन दुबैभित्र अन्तर्घात, भएछ यस्तो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको रिक्त पदका लागि भएको मतदान अन्तर्गत प्रदेश नम्बर १ को अल्पसंख्यक कोटामा गठबन्धनभित्रैबाट अन्तर्घात भएको छ ।

उक्त सीटमा गठबन्धनका उम्मेदवार हेमराज राइलाई हराउँदै एमालेका सोनम ग्याल्जेन विजयी भएका छन् ।

शेर्पाले ४७५२ मतभार पाए भने राइको ४ हजार ३ सय ६८ मतभार थियो । जबकि महिला पदमा भने गठबन्धनकै जयन्ती राइले जितेकी छिन् । याे काेटामा भने एमालेभित्रैबाट भण्डारीले मत पाइनन् ।

याे पनि पढ्नुस  लुम्बिनीमा मतगणना शुरु, आजै नतिजा आउने

जयन्तीसँग एमाले उम्मेदवार सुमित्रा भण्डारी पराजित भएकी हुन । एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले जितेपनि महिला कोटाकी उम्मेदवार सुमित्रा भण्डारी भने पराजय भोग्न पुगिन् । सुमित्रालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीकी जयन्ती राई जितेकी हुन ।

एमाले नेतृ भण्डारीले पार्टीका तर्फबाट ४० सांसदको मत पाउनुपर्नेमा ३६ सांसदको मात्र मत पाएकी छन् । एमालेका शेर्पाले २९४ मतभार थप्दा भण्डारीले भने आफ्नै पार्टीको १९२ मतभार गुमाइन् । एमालेकै ४ सांसदले अन्तर्घात गरेपछि उनको मतभार घट्यो र पराजय पनि भोग्न बाध्य भइन् ।

याे पनि पढ्नुस  सुदूरपश्चिमबाट गठबन्धन उम्मेदवार गरिमा शाह विजयी

उता खुलातर्फ भने दुबै तर्फका उम्मेदवारको मत बराबर आएको छ ।

गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएको हो । काँग्रेसका गोपाल बस्नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका हुन् ।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

मतको यो समीकरण हेर्दा प्रदेश १ मा गठबन्धन र एमाले दुबैमा अन्तर्घातका कारण निर्वाचन परिणाम प्रभावति बनेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्