प्रदेश १ को खुलातर्फ एमाले र गठबन्धनका उम्मेदवारको बराबरी मत, गोलाप्रथामा कसलाई पर्ला चिट्ठा?

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार र एमाले उम्मेद्वारको बराबरी मत आएको छ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएको हो। काँग्रेसका गोपाल बस्नेतले ४४८८ मत पाउँदा एमालेका बरालले पनि ४४८८ नै मत पाएका हुन्।

बस्नेतले प्रदेश सभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरेका छन् भने बरालले प्रदेश सभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरे। अब विजेता चयनका लागि गोला प्रथा गरिने निर्वाचन कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्