प्रदेश १ मा मिश्रित परिणामः खुलातर्फ बराबर, महिलामा गठबन्धन, अल्पसंख्यकमा एमाले विजयी

काठमाडौं । प्रदेश नं. १ अन्तर्गत महिला, अल्पसंख्यक र खुलातर्फका तीन सीटका लागि भएको निर्वाचनमा मिश्रित परिणाम देखिएको छ।

खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार र एमाले उम्मेद्वारको बराबरी मत आएको छ भने अल्पसंख्यकमा एमाले र महिला सीटमा गठबन्धनले विजय हासिल गरेको छ।

खुलातर्फ गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएको हो। काँग्रेसका गोपाल बस्नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका छन।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

अन्तर्घात भएका कारण मतहरु प्यानल अनुसार नपाइएको एक नेताले बताए ।

अल्पसंख्यक सीटमा भने गठबन्धनका उम्मेदवारलाई हराँउदै एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्। उनले प्रदेश सभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्। ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेश सभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे। जसपाका उनको कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेद्वार शेर्पा विजयी बनेका हुन्।

याे पनि पढ्नुस  सुदूरपश्चिममा आजै मतगणना हुने, शतप्रतिशत मतदान

यस्तै महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन्। बुधबार भएको मतगणना अनुसार उनले प्रदेश सभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन्। अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन्।

उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन्। उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ। राप्रपाकी रञ्जु प्याकुरेलले प्रदेश सभामा १ र स्थानीय तहमा ४ गरी १२० मतभार प्राप्त गरेकी थिइन।

कमेन्ट गर्नुहोस्