सुर्खेत । राष्ट्रिय सभाका रिक्त पदमा भएको निर्वाचनमा कर्णाली प्रदेशमा गठबन्धनले जीत हासिल पारेको छ ।
गठबन्धनका तर्फबाटउम्मेदवार रहेका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।
कसले कति मत पाए त ?
नरबहादुर विष्ट ३००६ मतभार ।
पराजित गंगा थापा महत १४१६
दुर्गाकुमारी गुरुङ २९७० मतभार ।
पराजित पदमबहादुर माझीले १३९८
उदय बोहोरा ३००६ मतभार ।
पराजित चूडामणि शर्मा १४१६
मतदान गर्ने ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको थियो ।
मतदान नगर्नेमा प्रदेशसभा सदस्य तथा राप्रपा नेतृ सोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली रहेकी छन् ।