गोलाप्रथाले साथ दिएन एमाले उम्मेदवारलाई: कांग्रेसका बस्नेत विजयी

बिराटनगर । प्रदेश सभा अन्तर्गत खुला सीटमा बराबरी मत ल्याएका एमाले उम्मेदवार गुरु बराल पराजित बनेका छन् ।

यसअघि भएको मत परिणाम अनुसार, नेकपा एमालेका उम्मेदवार गुरु बराल र गठबन्धनका गोपाल बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो ।

याे पनि पढ्नुस  राष्ट्रिय सभाको निर्वाचन शुरु, लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे मतदान

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । तर गोला प्रथा गर्दा बस्नेत निर्वाचित भए ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

 

कमेन्ट गर्नुहोस्