काठमाडौं । राष्ट्रिय सभाको रिक्त पदका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशमा समेत गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यसअघि सुदुरपश्चिम, कर्णाली, बाग्मती, लुम्बिनीलगायतका प्रदेशमा गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए ।
प्राप्त नतिजा अनुसार, कमला पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।
यसैगरी दलित कोटातर्फ माओवादीका भुवन सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए । यस्तै अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार भएर विजयी हुँदा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए ।