कानुनमन्त्री बडु कोभिड संक्रमित

काठमाण्डौं । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य भए पनि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड(१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन्

कमेन्ट गर्नुहोस्