प्रतिरोध दिवसमा माओवादीद्वारा झारखण्ड-बिहार बन्दको घोषणा, रेल्वे ट्रयाकमा बम विष्फोट, ७ घण्टा सेवा अवरुद्ध

पटना । भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का पोलिटब्यूरो सदस्य प्रशान्त बोस तथा उनकी पत्नीलाई गिरफ्तार गरिएको बिरोधमा भाकपा (माओवादी)ले बिहार झारखण्ड बन्दको आव्हान गरेको छ ।

बन्दको पूर्वसन्ध्यामा माओवादीले धनबाद रेल मण्डलको चिचाकी र करमाबाँध रेल्वे स्टेशनको बीचको ट्रयाक उडाएका छन् ।

याे पनि पढ्नुस  माओवादी कमाण्डरको सूचना दिनलाई ६४ लाख पुरस्कार घोषणा

यसबाट हावडा नयाँ दिल्ली रुटमा सात घण्टा रेल सेवा अवरुद्ध भएको छ । बुधबार मध्यराती रेल्वे ट्रयाक उडाएका माओवादीले घटनास्थलमा प्रतिरोध दिवस जिन्दावाद लेखिएका हस्तलिखित पर्चा र पोष्टर समेत छोडेका छन् ।

रेल सेवा ठप्प भएपछि नयाँ दिल्ली हावडा, नयाँ दिल्ली राजधानी, नयाँ दिल्ली भुवनेश्वस रेल सेवाको मार्ग परिवर्तन गरिएको थियो ।

याे पनि पढ्नुस  १२ लाख मूल्य ताेकिएका माओवादी डेपुटी कमाण्डरले गरे आत्मसमर्पण

नक्सलवादीहरुको बन्दका कारण रेलवे विभाग सतर्क भएको समाचारमा उल्लेख छ । गति नियन्त्रित गरेर रेल सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ । आज बिहानदेखि उक्त ट्रयाक मर्मतको काम शुरु भएको छ ।

नक्सलवादीहरुले पोलिटब्यूरो सदस्य र श्रीमती शीला मरान्डीको गिरफ्तारीको विरोधमा जनवरी २१ देखि २६ सम्म प्रतिरोधका बिभिन्न गतिविधि गरेका छन् । यो अवधिमा उनीहरुले गिरिडिह जिल्लामा मोबाइल टावर र पुल समेत उडाएका छन् ।

कमेन्ट गर्नुहोस्