माओवादी केन्द्रको स्कूल विभाग अध्यक्ष तथा पूर्वमन्त्री पोखरेल कोरोना संक्रमित

काठमाडौं । नेकपा माओवादी केन्द्रका्े केन्द्रीय स्कूल विभाग अध्यक्ष तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलमा कोरोना देखिएको छ ।

पछिल्लो समय महोत्तरी तथा मधेसका अन्य जिल्लामा जनतामाझ बिभिन्न कार्यक्रममा सहभागी पोखरेलाई आज बिहान परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

सचिवालयका अनुसार पोखरेल अहिले महोत्तरीमा रहेको आधारशीलामा स्वास्थ्यलाभ गरिरहेका छन् । स्वास्थ्यकर्मीको सल्लाह अनुसार केही दिन आइसोलेसनमा बस्नुपर्ने सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्