चितवनस्थित निर्माणाधीन क्रिकेट रंगशाला अनुगमनमा मन्त्री अथक

माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् ।

उनले धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्री गहतराज काठमाडौंबाट आज चितवन पुगेर स्थलगत अनुगमन गरेका थिए । तीन अर्ब लागतमा बन्न लागेको रंगशालाबाट धुर्मुस–सुन्तली फाउण्डेशनले हात झिकेपछि सरकारले आफै बनाउन लागेको छ। विभिन्न व्यक्ति वा संघसंस्थाको सहयोगमा बनाउन खोजेका धुर्मुस–सुन्तली भनेअनुसारको आर्थिक सहयोग नजुटेपछि हात झिकेका थिए ।

उनीहरुले हात झिकेपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल संघीय सरकारको सहयोगमा बनाउने बताएकी थिइन् ।

धुर्मुस–सुन्तलीले १७ करोडभन्दा बढी ऋण लागेको र अब नसक्ने भनेर हात झिकेका थिए । निर्माणाधीन क्रिकेट रंगशालामा मेयर दाहाल र फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस पनि पुगेका थिए । धुर्मुसले रंगशालाको अवस्था, भौतिक प्रगति लगायत समग्र स्थिति बारे ब्रिफिङ गरेका थिए।

कमेन्ट गर्नुहोस्