कोभिड विरुद्धका सबै प्रतिबन्ध हटाउने तयारीमा युरोपियन युनियनका राष्ट्रहरु

काठमाडौं । डेनमार्कले कोभिड–१९ नियन्त्रणका लागि लगाएका सबै प्रकारका प्रतिबन्धहरु हटाउने भएको छ । डेनमार्कले आगामी मंगलबार अर्थात फेब्रुअरी १ तारिकदेखि सबै किसिमका प्रतिबन्धहरु हटाउने जनाएको छ । विदेशबाट आउनेहरुको परीक्षण बाहेक कोभिड–१९ का लागि लगाइएका सबै प्रतिबन्धहरु हटाउने डेनमार्कका स्वास्थ्यमन्त्री म्याग्नस हुनिकले जानकारी गराएका छन् ।

प्रतिबन्धहरुलाई बिदा गरी कोभिड–१९ सुरु हुनु अघिकै अवस्थामा फर्किन लागेको डेनिस प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । डेनमार्क कोभिड सम्बन्धी सबै प्रकारका प्रतिबन्ध हटाउने युरोपियन युनियनको पहिलो राष्ट्र बन्ने भएको छ । युरोपियन युनियनका धेरै राष्ट्रहरु सामान्य अवस्थामा फर्किने तयारी गरिरहेका छन् ।

डेनमार्क सहित विभिन्न देशहरुले कारोनालाई ‘गम्भीर सामाजिक रोग’ को रुचीबाट समेत हटाउने भएका छन् । नेदरल्यान्डले पनि कडा प्रतिबन्धहरु हटाएको छ । फ्रान्सले पनि आगामी सातादेखि कोभिड प्रतिबन्धहरु क्रमैसँग हटाउन सुरु गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्