अब देखि भन्सार कार्यालयमा अनलाइन मार्फत राजश्व भुक्तानी हुने

काठमाण्डौं । सरकारले भोलि बुधबारदेखि देशभरका भन्सार कार्यालयमा एकसाथ अनलाइन मार्फत राजश्व भुक्तानी प्रक्रिया सुरू गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले देशभरका २४ भन्सार कार्यालयमा एकसाथ अनलाइन मार्फत राजश्व भुक्तानी सेवा उद्घाटन गर्ने भएका हुन् ।

अर्थ सचिव मधुकुमार मरासिनीले देशभरका भन्सार कार्यालयमा विद्युतीय प्रणाली मार्फत राजश्व भुक्तानी प्रक्रिया सुरु गर्न लागेको बताए । उनले भन्सार कार्यालयलाई फेसलेस, क्यासलेस , कन्ट्याक्टलेस र प्रविधि मैत्री बनाउने लक्ष्य सहित विद्युतीय भुक्तानी प्रणाली सुरू गर्न लागिएको जानकारी दिए ।

यो प्रणाली लागू भएपछि आयात कर्ताले भन्सार राजश्व तिर्न कार्यालयसम्म पुग्न नपर्ने र चेक बुकको अन्त्य हुने सरकारीले विश्वनस गरेको छ । आयात निर्यात प्रक्रियालाई बलियो र सुदृढ बनाउने योजना सहित सरकारले नेश्नल सिंगल विन्डो प्रणाली लागू गरिसकेको छ ।

यस्तै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले विरगञ्ज सुख्खा बन्दरगाहमा पुस पहिलो सातादेखि गरिएको परिक्षण सफल बनेको बताए । विरगञ्जमा अनलाइनमार्फत भुक्तानी सफल बनेपछि देशभरका भन्सार कार्यालयमा यो प्रणाली लागू गर्न लागेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्