राष्ट्रियसभा बैठक सोमबार बस्ने

काठमाण्डौं । राष्ट्रिय सभाको बैठक आगामी माघ १७ सोमबारलाई बोलाइएको छ।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार एक सूचना प्रकाशित गर्दै माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी गराएका हुन्।

यस अघि माघ २ को सूचना मार्फत अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो।

‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम १ बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको सूचनामा उल्लेख छ।

कमेन्ट गर्नुहोस्