होण्डुरसमा वामपन्थी नेतृ शियोमारा राष्ट्रपति

काठमाडौं । मध्य अमेरिकी राष्ट्र होण्डुरसमा वामपन्थी नेतृ शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बनेकि छन्। लिब्रे पार्टीकी ६२ वर्षया कास्त्रोले लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रतिबद्धता जनाएकि छन् । गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौती चलिएका बेला कास्त्रोले राष्ट्रपतिको शपथ लिएकि हुन ।

शपथ समारोहमा कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकि हुन् ।

कास्त्रोका श्रीमान म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा थिए । उनलाई कु मार्फत सत्ताबाट हटाइएको थियो ।यस अघि दुईपटक निर्वाचन लडेर पराजित भएकी कास्त्रो गत नोभेम्बरमा भएको निर्वाचनमा विजयी भएकि हुन् ।

कमेन्ट गर्नुहोस्