उपत्यकामा सार्वजनिक सवारीमा हट्यो जोर बिजोर प्रणाली, के गर्न पाइन्छ, के पाइदैन ? (हेर्नुस् विज्ञप्ती)

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन्।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधनहरु बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। तर, निजी सवारी साधनहरु कार, मोटरसाइकल, स्कुटर अनि सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको बताएका छन्।

यसअघि जारी आदेशका अन्य प्रावधानलाई भने निरन्तरता दिइएको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

हेर्नुस् जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशको पूर्णपाठ-

 

कमेन्ट गर्नुहोस्