काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्ने गरी गठबन्धनमा आबद्ध दलहरूको बैठक बोलाइएको छ ।
बैठकले स्थानीय तहको निर्वाचनबारे स्पष्ट धारणा बनाउने अनुमान छ ।
शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो ।
सोही सहमतिअनुसार बिहान बैठक बस्न लागेको हो । उनीहरूबीचको छलफलमा स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायतका विषयमा छलफल भएको थियो ।