‘हेप्पी इण्डिङ’ मसाज गरिरहेकै बेला अकस्मात मृत्यु भएपछि…

बैंकक, मसाज गरिरहेकै बेला एकजना ब्रिटिश नागरिकको मृत्यु भएको छ ।

थाइल्याण्डको पर्यटकीय शहर पटायाको एउटा मसाज सेन्टरमा मसाज गरिरहेकै अवस्थामा ह्रदयघातबाट उनको मृत्यु भएको डेलिमेलले जनाएको छ ।

पटायामा रहेको लभ्ली मसाज पार्लर छिरेपछि शुरुमा सबै कुरा सामान्य नै रहेको पार्लर सञ्चालकले बताए ।

उनी एउटा भाडाको बाइकमा आएका थिए । उनीलाई मसाज गर्न ओराया नाम गरेकी महिलालाई खटाइएको थियो ।

प्रहरीलाई ओरायाले दिएको जानकारी अनुसार, उनी सामान्य अवस्थामा नै लुगा फुकालेर बेडमा पल्टिएका थिए । मैले माथिबाट मसाज गरिरहेकी थिएँ । “तर अचानक उनी छटपटिए । उनले छातीमा हातले थिचे र दाँत किटकिटाउन थाले ।”उनले भनेकी छिन, “म निकै आत्तिएँ । के गर्ने कसो गर्ने भयो ? मैले चिच्च्याएर साथीहरु बोलाए । हामीहरुले उनको छातीमा थिच्यौं । मुखले समेत श्वास दिन खोज्यौं । तर उनको अवस्थामा कुनै सुधार आएन । लगत्तै प्रहरीलाई खबर गर्यौं । अनि उनको शरीर टावेलले ढाकिदियौं ।”

प्रहरीलाई खबर गर्ने बित्तिकै इन्सपेक्टरको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो । प्रहरीले कुनै पनि असमान्य कुरा नदेखेको बताएको छ । यद्यपी यसको अनुसन्धान प्रहरीले सुरु गरेको छ ।

थाइल्याण्डको पटाया यौनजन्य क्रियाकलाप गर्ने शहरका रुपमा परिचित छ ।

कमेन्ट गर्नुहोस्