सकियो सत्तारुढ गठबन्धनको बैठक, शीर्ष नेताहरु फेरि छलफलमा

काठमाडौं । निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा छलफल भएको थियो ।

बैठक सकिएपछि शीर्ष नेताहरु फेरि छलफलमा जुटेका छन् ।

यसअघि गठबन्धनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्ण खडका, कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए ।

गठबन्धनको आजको बैठकमा जनमोर्चा नेपालको भने सहभागिता थिएन ।

गठबन्धनको बैठक करिब डेढ घण्टा चलेको थियो ।

गठबन्धनको बैठक सकेर शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पुनः छलफलमा जुटेका छन् ।

गठबन्धनको आजको छलफलमा उठेका विषयबस्तुको समीक्षा गर्न तथा थप छलफलका लागि आधार तयार पार्न शीर्ष नेताहरु पुनः बैठकमा बसेको श्रोतले जनायो । श्रोतका अनुसार, आज नै स्थानीय तहको मितिको बारेमा अन्तिम निर्णय भने हुने सम्भावना देखिँदैन । सम्भवतः “भोली पुनः गठबन्धनको बैठक बसेर यो विषय टुंगिन्छ होला” श्रोतले भन्यो ।

स्थानीय तहको मिति तोक्ने विषयमा ऐन र संविधान परस्पर बाझिएकोले ऐन संशोधन गरेर संविधान बमोजिम निर्वाचन गर्नुपर्नेमा सत्तारुढ गठबन्धनमा करिब करिब सहमति जुटेको छ । निर्वाचन आयोगले भने वैशाखमा नै स्थानीय तहको निर्वाचनको मिति तोक्न दबाब दिएको छ ।

कमेन्ट गर्नुहोस्