सत्तारुढ गठबन्धनकाे बैठक फेरि आज ४ बजे बस्ने

सत्तारुढ गठबन्धनको बैठक आज पुनः ४ बजे बस्नेछ ।

आज बिहान ९ बजेदेखि बसेको बैठकमा भएको छलफललाई निरन्तरता दिन पुनः ४ बजे बस्ने भएको हो । आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा छलफल भएको थियो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्ण खडका, कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए ।

गठबन्धनको आजको बैठकमा जनमोर्चा नेपालको भने सहभागिता थिएन ।

गठबन्धनको बैठक करिब डेढ घण्टा चलेको थियो ।

गठबन्धनको बैठक सकेर शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पुनः छलफलमा जुटेका थिए ।

गठबन्धनको आजको छलफलमा उठेका विषयबस्तुको समीक्षा गर्न तथा थप छलफलका लागि आधार तयार पार्न शीर्ष नेताहरु पुनः बैठक बाेलाइएकाे हाे ।

स्थानीय तहको मिति तोक्ने विषयमा ऐन र संविधान परस्पर बाझिएकोले ऐन संशोधन गरेर संविधान बमोजिम निर्वाचन गर्नुपर्नेमा सत्तारुढ गठबन्धनमा करिब करिब सहमति जुटेको छ । निर्वाचन आयोगले भने वैशाखमा नै स्थानीय तहको निर्वाचनको मिति तोक्न दबाब दिएको छ ।

कमेन्ट गर्नुहोस्