बाबुले चलाएको ट्याक्टरले किचेर २ वर्षीया छोरीको मृत्यु

बाबुले चलाएको ट्याक्टरले किचेरदुई वर्षीया छोरीको मृत्यु भएको छ।

झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा शनिबार दिउँसो बालकृष्ण दुलालकी छोरी आरोषी दुलालको निधन भएको हो ।

घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्।

घाइते उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

कमेन्ट गर्नुहोस्