काठमाडौं । यसअघि अनिश्चितकालका लागि रोकिएको संसद बैठक भोलीका लागि बोलाइएको छ ।
नेकपा एमालेले लामो समयदेखि अवरुद्ध राखेको संसदको बैठक बस्नुअघि सापकोटाले कार्यव्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्।
आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्।
स्थानीय तहको निर्वाचन मिति तोक्ने विषयमा विवाद देखिएको बेला संसद बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेकपा एमालेले भोलीको संसद चल्न दिने या नदिने भन्ने अझै टुंगो लागेको छैन ।