नेपाल vs मरिसस: पहिलो हाफसम्म गोलरहित बराबरी

काठमाडौं, १५ । नेपाल र मरिससबीच अहिले भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेल त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा भइरहेको हो ।

खेलको शुरुदेखि नै नेपालमाथि आक्रामक दबाब राख्न सफल मौरिससका खेलाडीले गोल भने गर्न सकेनन् । नेपाललाई समेत गोल गर्ने केही मौका पाइएको भएपनि नेपालले समेत गोल गर्न नसक्दा पहिलो हाफसम्म कुनै टीमले गोल गर्न सकेनन् ।

नेपलाका सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट हानेको दुई प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफ सकिन १० मिनेट बाँकी हुँदा मोरिससले एउटा राम्रो ‘मुभ’ बनाएको थियो । तर, एड्रिइन फ्रोन्कोइसको प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।
अखिल नेपाल फुटबल संघले मैदानमा सीमित दर्शकलाई प्रवेश दिएको छ । दर्शक बढेसँगै कोरोनाबाट सुरक्षा मापदण्ड भने पालना गरिएको छैन ।
नेपालको टिम
गोलकिपर : किरण चेम्जोङ (कप्तान)
रक्षापंक्ति : सुमन अर्याल, दिनेश राजवंशी, देवेन्द्र तामाङ र गौतम श्रेष्ठ
मिडफिल्ड : सुरजज्यु ठकुरी, सुमन लामा र तेज तामाङ
फरवार्ड : अञ्जन विष्ट, विमल घर्तीमगर र सुनील बल ।

वैकल्पिक खेलाडी : सुदीप गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, आशिष लामा, दर्शन गुरुङ, नितिन थापा, आकाश बुढागमर, क्रितिशरन्त छुन्जु र जगजित श्रेष्ठ ।

कमेन्ट गर्नुहोस्