इटालीमा ८० वर्षीय सर्जियाे दोश्रोपटक राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । उमेरको हदको चर्चा जति गरेपनि यदि कनिष्ठहरुले कमाण्ड लिन सकेनन् भने जतिसुकै उमेर भएपनि वरिष्ठकै खोजी हुने कुरा इटालीको घटनाले पुष्टि गरेको छ ।

इटालीका राष्ट्रपति सग्रियो मतारेल्लाको पदावधि समाप्त भएपनि उनको स्थानमा अरु नेताको नाममा सहमति जुट नसकेपछि उनी नै पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

राष्ट्रपति चयनका लागि संसदमा ८ पटकसम्म मतदान हुँदा समेत अरु कसैले बहुमत हासिल गर्न नसकेपछि उनको नाममा सहमति जुटेको हो ।

इटालीको संविधान अनुसार, पहिलो तीन चरणमा दुई तिहाई बहुमत आवश्यक हुन्छ । त्यसपछि चौथोचरणपछि साधारण बहुमत आवश्यक हुन्छ ।

नयाँ राष्ट्रपतिको चुनावका लागि सोमबार पहिलो चरणको र मंगलबार दोश्रो चरणको निर्वाचन भएको थियो । यो क्रम शनिबारसम्म ८ औं चरणमा आइपुग्यो । तर कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सक्ने अवस्था नभएपछि सेर्गेइको नाम उम्मेदवारको रुपमा राखिएको थियो ।

संवैधानिक अदालतका पूर्व न्यायाधिश गेएतानो अजारितीले सेर्गेइलाई दोश्रो कार्यकाल दिन अस्वीकार गरेका थिए । तर आठौं चरणसम्म पनि कुनै अरु उम्मेदवारले बहुमत ल्याउन नसकेपछि उनी दोश्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिने भएका हुन।

कमेन्ट गर्नुहोस्