उत्तर कोरियाद्वारा २०१७ यताकै सबैभन्दा लामो दूरीको मिसाइल परीक्षण

सियोल । उत्तर कोरियाले वर्ष २०१७ यताको सबैभन्दा लामो दूरीको ब्यालिष्टिक मिसाइलको परीक्षण गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिको भनाई उद्दृत गर्दै सिएननले जनाए अनुसार, यो परीक्षणले उत्तर कोरियाले अझै लामो र बिशाल प्रकृतिका मिसाइल परीक्षण गर्ने संकेत दिएको छ ।

दक्षिण कोरिया र जापान दुबैले उत्तर कोरियाले इन्टरमिडियट रेन्ज ब्यालिष्टिक मिसाईल (आइआरबिएम)को परीक्षण गरेको र यो २ हजार किलोमिटर माथि र ८०० किलोमिटरको रेन्जमा पुगेर समुद्रमा खसेको बताएका छन् ।

यदि मिसाइललाई सामान्य शिखरबाट पठाइएको भए यसको दूरी ३५ सय देखि ५५ सय किलोमिटर हुने सिएनएनले उल्लेख गरेको छ ।
योमिसाइलले गुयाममा रहेको अमेरिकी क्षेत्रमा आक्रमण गर्न सक्ने क्षमता राख्छ । उत्तर कोरियाले यो वर्षमात्रै ६ वटा मिसाइल परीक्षण गरिसकेको छ । आफूविरुद्धको नाकाबन्दी नखोलिएमा परीक्षण नरोक्ने उसले अडान लिएको छ ।

कमेन्ट गर्नुहोस्