क्यानाडाका प्रधानमन्त्री जस्टिन टून्डो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रकको विरोधको बीचमा राजधानी शहरमा रहेको आफ्नो घर छोडेको क्यानाडाली सञ्चार माध्यमले जनाएका छन् ।
टून्डो र उनको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको थियो । बिबिसीले शनिबार जनाए अनुसार टून्डो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानर सहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए।
यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड(१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए । आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको भएपनि उनलाई त्यहाँबाट अन्यत्र सारिएको हो ।
प्रधानमन्त्रीको याकार्यक्रम ओटावामा थियो तर शनिबार उसलाई अज्ञात स्थानमा सारिएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।