शहीद चन्दको प्रेमकथा: प्रेमिकाको निधन, १३ दिनसम्म बारे जुठो, फाँसी हुँदा समेत ओढे उपहारकाे खास्टाे

दशरथ चन्द जङ्गबहादुर राणाविरुद्ध विद्रोह हुँदा बैतडीमा मारिएका जय चन्दका नाति तथा शेरबहादुर चन्द र ओजकुमारी चन्दका माहिला छोरा थिए।

शेरबहादुर चन्द सुर्खेतमा टुँडिखेल बनाउने ‘लेफ्टिनेन्ट शेरबहादुर’का नामले चिनिन्थे।

दशरथको जन्म विसं १९६० असार १७ गते बैतडीको बस्कोटमा भएको थियो।

बस्कोट र नेपालगन्जमा सामान्य अध्ययनपछि विसं १९७७ तिर उनी थप अध्ययनका लागि भारतको अल्मोडा, कुमाउँ, नैनीताल र बनारस लगायत गएका थिए।

भारतमै रहँदा उनी ुनागरिक प्रचारिणी सभाुमा सामेल भई भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भएका थिए।

बनारसबाट एन्ट्रेन्स गरेर आईए पढ्न थाल्दा पारिवारिक कारणले पढाइ छुटेपछि उनी काठमाण्डू आए र धर्मभक्तसँगै बस्न थाले।

उनै धर्मभक्त माथेमामार्फत् दशरथ चन्दको भेटघाट तत्कालीन ुकमान्डर इन चीफु रुद्र शमशेर राणासँग भयो।

धर्मभक्तलाई कलकत्ताबाट काठमाण्डू ल्याउने पनि उनै रुद्र शमशेर थिए।

रुद्र शमशेर र दशरथबीच पहिले नै नाता सम्बन्ध कायम भइसकेको थियो।

दशरथ चन्दका भाइ ललित चन्दको विवाह रुद्र शमशेरकी नातिनीसँग भइसकेको थियो।

भारतबाट फर्केपछि दशरथ चन्द चारबुर्जा दरबारनजिकै बस्थे

पढेलेखेको र जात मिल्ने झर्रो ठकुरी चन्दलाई रुद्र शमशेरले आफ्नी छोरीसँग बिहे गर्न लायक देखे।

त्यस बखत झर्रा ठकुरीलाई दरबारमा शिक्षादीक्षा दिलाएर आफ्नी छोरी बिहे गराउने राणा परिवारको चलन रहेको गौतमले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

चन्द त्यसैले रुद्र शमशेरको दरबार छेउको घरमा बसेर त्रिचन्द्र कलेजमा कला विषय लिएर पढ्न थाले।

त्यहाँ बस्दाबस्दै उनको रुद्र शमशेरकी छोरी जुलियादेवी राणासँग प्रेम सम्बन्ध सुरु हुन थालेको थियो।

जुलिया र दशरथले रुद्र शमशेरकी नातिनी मीनाक्षीदेवीमार्फत् प्रेमपत्र आदानप्रदान गर्ने गरेको मीनाक्षीका दाजु तथा रुद्र शमशेरका नाति पुरुषोत्तम शमशेर जबराले आफ्नो पुस्तक ुमेरा जीवनका स्मृतिहरूुमा उल्लेख गरेका छन्।

दशरथ चन्दकी प्रेमिका जुलियादेवी रुद्र शमशेरकी छोरी थिइन्

पङ्क्तिकारसँग यही माघ ३ गते भएको कुराकानीमा पुरुषोत्तम शमशेरले चन्दको मित्रता रुद्र शमशेरका छोराहरूसँग पनि निकै गहिरो गरी कायम भएकाले जुलिया र दशरथको प्रेमले पारिवारिक अनुमोदन समेत पाएको बताए।

वीर शमशेरकी नातिनी बिहे गर्न चारबुर्जा ९हालको निर्वाचन आयोग, उपराष्ट्रपति भवन० दरबार छेउको भवनमा बसिरहेका चन्दलाई जुद्धशमशेरका छोरा बहादुर शमशेरले पनि आँखा लगाएका थिए।

बहादुर शमशेरले आफ्नो दरबारमा बसेर पढ्न बोलाए पनि जुलियासँग गहिरो प्रेममा परिसकेका चन्दले बहादुर शमशेरको प्रस्तावलाई अस्वीकार गरे।

जुलियासँग बिहे छिन्न र टीकाटालो गर्न भनेर बैतडीबाट पण्डितसहित आएका उनका एक नातेदार परिवारमा जूठो परेपछि बिहे नछिनी फर्किएका थिए।

त्यही क्रममा विसं १९९० मा जुद्ध शमशेरले तत्कालीन ुकमान्डर इन चीफु रुद्रशमशेर सहित ुसी ग्रेडुका राणाहरूलाई काठमाण्डूबाट निकाला गरी पाल्पा पठाएपछि जुलिया पनि पाल्पा गइन्।

तर दशरथ र उनीबीच राणाकालको रूढीवादी समाजमा पनि प्रेमपत्र आदानप्रदान भने निरन्तर चलिरहेको पुरुषोत्तम शमशेर उल्लेख गर्छन्।

गौतमले रुद्रशमशेरका छोरा श्याम शमशेरसँगको कुराकानी उल्लेख गर्दै पुस्तकमा लेखेका छन्, ूजुलियाले दशरथलाई पाल्पाबाट पनि अनेक उपहार पठाइरहन्थिन्। त्यसरी पठाएको उपहारमा थियो ( दशरथ चन्दले सधैँभरि ओढिरहने खास्टो ९जसलाई डम्बरकुमारीको खास्टो भनिन्थ्यो०।ू

जुलियाले उपहारमा पठाएको उक्त खास्टो दशरथलाई यति प्रिय थियो कि उनले शहीद भएको समयमा पनि त्यही खास्टो ‌‌ओढेका थिए।

अहिले पनि हुलाक टिकट वा सार्वजनिक रूपमा पाइने दशरथ चन्दको तस्बिरमा उनले ओढेको जुन खास्टो देखिन्छ त्यो उनै जुलियाको अन्तिम उपहार थियो भन्ने इतिहासकार र जुलियाको परिवारको दाबी छ।

काठमाडौंबाट पाल्पा गएपछि जुलियालाई क्षयरोग भयो र दशरथलाई खास्टो उपहार पठाएको केही दिनमै उनको निधन भयो।

त्यस बेला दशरथ पकनाजोलस्थित आफ्नी सौतेनी आमापट्टिको मामाघरमा बस्न थालेका थिए।

त्यहीँ बस्दा नै उनले प्रेमिकाको मृत्युको समाचार पाए।

जुलियाको निधनमा दशरथले पकनाजोलमा नै १३ दिनसम्म जूठो बारेका थिए।

त्यस सम्बन्धमा दशरथकी कान्छी आमाले सोध्दा उनले ‘केही हैन भनेर टारेका थिए।

बिबिसीका लागि यादव देवकोटाले लेखेको आलेखको अंश साभार गरिएको

कमेन्ट गर्नुहोस्