बालकुमारीको मूर्ति चोरीको सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा

बालकुमारी माताकाे मूर्ति फेला नपरेपछि सूचना दिने व्यक्तिलाइ पाँच लाख पुरस्कारकाे घाेषणा गरिएकाे छ ।

ललितपुरको सुनाकोठीको चोरी भएको एक हप्ता बितेपनि अहिलेसम्म फेला पर्न सकेकाे छैन ।

गत आइतबार ललितपुर महानगरपालिका-२७ स्थित बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो।

मूर्ति नभेटाएपछि बालकुमारी गुठीले मूर्ति विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हाे ।

सेताेपाटीका अनुसार वडा नम्बर २७का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेको बताए।

‘शुक्रबार हाम्रो गुठीको बैठक बसेको थियो। कसैले सहयोग गर्‍यो वा सुराकी दियो भने प्रोत्साहन स्वरूप पाँच लाख रुपैयाँ सम्म गुठीले दिने निर्णय भएको हो,’ गुठीका सदस्यसमेत रहेका वडाध्यक्ष महर्जनले भने, ‘प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। अब ठ्याक्कै पत्ता लगाउन सकिसकेको छैन। हामी प्रहरीसँग लागिरहेका छौं।’

यस्तै सुराकी दिने व्यक्तिको गोपनियता पनि कायम गर्ने उनले बताए।

कमेन्ट गर्नुहोस्