एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिन आजसम्म मात्रै पाइने

काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडले ८ बर्ष अवधी तथा ८.५५ ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ मा मिति २०७८ साल माघ ०३ गतेबाट बिक्री आवेदन खुल्ला गरेको थियो। सो ऋणपत्रमा आवेदन दिने आज मिति २०७८ साल माघ १७ गते अन्तिम दिन रहेको छ। आज बैंकिङ्ग समय पश्च्यात एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिन पाइने छैन।

इच्छुक लगानीकर्ताले सो ऋणपत्रमा २५ इकाई देखी १ लाख इकाई सम्म आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ।

कमेन्ट गर्नुहोस्