काठमाडौं । क्यान महासंघ केन्द्रीय कमिटी सचिव चिरञ्जिवी अधिकारी एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अधिकारीलाई आज अध्यक्ष प्रचण्डले खादा लगाएर पार्टीमा स्वागत गरे ।
अधिकारी नेकपा एमालेको चितवन–काठमाडौं सम्पर्क मञ्च क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी वाग्मती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय कमिटी सचीव रहेका थिए ।
एमालेभित्र प्रभावशाली मानिने अधिकारीलाई प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले इमान्दार नेता तथा कार्यकर्ता एमालेमा बस्न नसक्ने भन्दै क्रान्तिकारी मूलधारमा सहभागी भएकोमा अधिकारीलाई स्वागत गरेका थिए ।
यसैगरी, नेकपा एमाले चौरिदेउराली गाउपालिका ३ का नेता तथा युवा व्यवसायी रमेश गौतम समेत नेकपा माओवादी प्रवेश गरेका छन् ।
उनलाई समेत अध्यक्ष प्रचण्डले आज बिहान खुमलटारस्थित निवासमा पार्टीमा स्वागत गरेका छन् ।