काठमाडौं । कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण आलोचना भएपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् ।
सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भन्दै प्रधानमन्त्री जोन्सनको राजीनामा मागेको थियो ।
उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन रिपोर्टलाई स्वीकार गर्ने बताएका छन् । उनले भनेका छन्, ‘हामीले ऐना हेर्नुपर्छ र सिक्नुपर्छ । यसको मतलव यो होइन कि सबै कुरा नियम अनुसार नै भएको थियो ।’
विपक्षी लेबर पार्टीका नेता किर स्टार्मरले भने प्रधानमन्त्री जोन्सनले राजीनामा दिनुपर्ने आवाज सुरुदेखि नै उठाउँदै आएका छन् । उनले संसदमा पनि आफ्नो माग दोहोर्याए । उनले भनेका छन्– प्रधानमन्त्री र यस कार्यक्रमसँग सम्बन्धित सबैले आफ्नो कद आफैं घटाएका छन् । साथै उनीहरुले सरकार र जनताको विश्वास तोडेका छन् ।
यसैगरी ब्रिटेनकी पूर्व प्रधानमन्त्री टेरिजा मेले पनि संसदमा प्रधानमन्त्री जोन्सनको आलोचना गरेकी छन् । उनले भनिन्– कोरोनाका कारण प्रतिबन्ध लागू छ । ती नियमहरु प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन भनेर जान्ने अधिकार जनतालाई छ ।
नेपालमा पनि आफुलाई कोभिड भएको बेला सार्वजनिक कार्यक्रममा सहभागी भै एमाले अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले भिडलाई सम्बोधन गरेका थिए । प्रतिबन्धको बेला कोभिड भएको व्यक्ति सार्वजनिक कार्यक्रमा सहभागी भएको भन्दै सामाजिक संजालहरुमा उनको व्यापक आलोचना भएको थियो ।