काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले आर्थिक अनियमितता गरेको प्रतिवेदन छानबीन समितिले दिएको छ ।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएका हुन ।
प्रतिवेदनमा मा सीईओ रेग्मीमाथि नैतिक प्रश्नदेखि आर्थिक अनियमिततामा मुछिएको उल्लेख गरिएको छ ।
नैतिक प्रश्न
वर्ल्ड टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवाना तिरेको
उक्त घटनामा उनले ल्याएका रक्सीको परिणाम कानूनले तोकेभन्दा बढी रहेको
२०७४ सालमा सुनको अवैध ओसारपसारमा कारवाही भोगेको घटना लुकाएर बोर्डलाई गुमराहमा राखेको
आर्थिक अनियमितता
कर्मचारी सरुवाका नाममा अतिरिक्त खर्च सिर्जना गरेको
अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागी हुँदा कम्तिमा १० जना निजी क्षेत्रका व्यवसायीको सहभागिता सुनिश्चित हुनुपर्नेमा गर्न नसकेको र यसमा बोर्डको निर्देशन नटेरेको
डब्यूटीएममा सहभागी हुँदा निजी क्षेत्रबाट मात्र ६ व्यवसायी सहभागी भएको र खर्च भने १ करोड भन्दा माथि उठेको
बोर्डमा सीईओको कार्यकक्ष मर्मत गर्दा कागजात मिलाएर आर्थिक अनियमितता गरेको
त्रिभुवन विश्वविद्यालयसँग जियोग्राफिकल इन्फर्मेसन सिस्टम जडानका क्रममा ४ करोड ७३ लाख रुपैयाँमा अनुसन्धान गरि कारवाही अगाडि बढाउनुपर्ने ।