नेपाल र मरिससबीच दोश्रो मैत्रीपूर्ण खेल सुरु
नेपाल र मरिससबीच दोश्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु हुँदैछ ।
पहिलो खेलमा नेपालले बिमल घर्तीमगरको गोलको मद्दतले मरिससलाई १ः० ले पराजित गरेको थियो ।
आज दुबै टीमले ६, ६ जना खेलाडी परिवर्तन गरेका छन् ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलमा नवीन गुरुङलाई डेब्यू गराउँदैछन्।
खेल अपरान्ह ४:४५ बजे दशरथ रंगशालामा शुरु भएकाे छ ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान)
डिफेन्डर : सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, नवीन गुरुङ
मिडफिल्डर : एरिक विष्ट, पुजन उपरकोटी, तेज तामाङ
फरवार्ड : अन्जन विष्ट, आसिस लामा, दर्शन गुरुङ