काठमाडौं । नेपाल र मरिससबीच भएको दोश्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पहिलो गोल गर्न सफल भएको छ ।
खेलको दशौं मिनेटमा आशीस लामाले पहिलो गोल गर्न सफल भएका हुन ।
पहिलो खेलमा नेपालले बिमल घर्तीमगरको गोलको मद्दतले मरिससलाई १ः० ले पराजित गरेको थियो ।
आज दुबै टीमले ६, ६ जना खेलाडी परिवर्तन गरेका छन् ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलमा नवीन गुरुङलाई डेब्यू गराउँदैछन्।