अमेरिकी प्रतिबन्धको धम्की सामना गर्ने रुसको कडा प्रतिक्रिया

रुसले युक्रेनका विषयमा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने तर पछि नहट्ने चेतावनी दिएको छ।

शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता हुनुअघि वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार यस्तो चेतावनी दिएको हो।

‘अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘यो तनाव उत्पन्न गर्ने मस्को होइन, वाशिंगटन हो।’

याे पनि पढ्नुस  युक्रेनी राष्ट्रपतिद्वारा रुससँग वार्ताका लागि मध्यस्थता गरिदिन इजरायललाई आग्रह

युक्रेनमा आक्रमण गर्ने योजना छैन

यसैबीच संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन्।

युक्रेनको सीमाक्षेत्र नजिकै रुसको भूभागमा राखिएका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर गलत प्रचार गरेको राजदूत नेभेजियाले बताए।

उनले भने, ‘आफ्नो सीमा क्षेत्रमा राखेका सेना रुसले आफ्नै भूभागतर्फको सुरक्षाका लागि मात्र राखेको हो, युक्रेनमा आक्रमण गर्नलाई होइन।’

याे पनि पढ्नुस  सुरक्षा परिषदको बैठकमा रुसले लगायो भिटो, अमेरिकी प्रस्ताव खारेज

यसरी आफ्नो भूभागमा सेना राख्दैमा त्यसलाई आक्रमण नै गर्न लाग्यो भन्नु पश्चिमा देशहरुले रुसमाथि लगाएको आरोपमात्र भएको उनले बताए।

युक्रेनको सीमा क्षेत्रमा रुसले केही महिनादेखि ठूलो संख्यामा सेना तैनाथ गरेको पश्चिमा देशहरुले आरोप लगाउँदै आएका छन्। ती सेना रुसले युक्रेनलाई आक्रमण गर्नका लागि राखेको भन्दै अमेरिका र बेलायतले आफ्ना नागरिकलाई युक्रेनबाट स्वदेश फिर्ता पनि बोलाएका छन्।

याे पनि पढ्नुस  सुरक्षा परिषदको बैठकमा रुसले लगायो भिटो, अमेरिकी प्रस्ताव खारेज

युक्रेनमा रहेका आफ्नो दूताबासका कर्मचारीलाई अमेरिका र बेलायतले फिर्ता बोलाएका छन्। साथै ती देशले अत्यावश्यक कामबाहेक युक्रेनको भ्रमणमा पनि नजान आफ्ना नागरिकलाई भनेका छन्। रासस/सिन्ह्वा

कमेन्ट गर्नुहोस्