निर्वाचनतर्फ अघि बढ्यो मुलुकः जेठ ४ मै स्थानीय तह निर्वाचन हुने पक्का (विज्ञप्तीसहित)

काठमाडौं । प्रधानमन्त्रीसँग छलफलपछि निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तह निर्वाचनका लागि तयार रहेको बताएको छ।

प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफलपछि विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले प्रस्तावित मितिमा निर्वाचन गर्न सकिने बताएको हो।

‘स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुनबमोजिम आयोगलाई सामान्यतयाः १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भए पनि स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली संकलन, मतदानस्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरू निरन्तर गरिरहेकोले आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको स्पष्ट गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

याे पनि पढ्नुस  दाङमा ७४० उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

आयोगले विभिन्न कारणले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नु सकरात्मक रहेको पनि उल्लेख गरेको छ। साथै कोभिड–१९ को प्रभावका बीच हुने निर्वाचनमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका बारेमा पनि सरकारसँग छलफल बताइएको छ।

स्थानीय तहको निर्वाचनबारे परामर्श गर्न आयोगका पदाधिकारी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उक्त छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतको उपस्थिति थियो।

याे पनि पढ्नुस  स्थानीय चुनावः तीन सय ५३ जना निर्विरोध, कुन दलबाट कति ?

हेर्नुस् विज्ञप्ती-

कमेन्ट गर्नुहोस्