महाकाली नदीमा भारतले मोटरेबल पुल बनाउने, भौतिक मन्त्रालयसँग दूताबासले ग¥यो सम्झौता

काठमाडौं । नेपाल–भारत जोड्न महाकाली नदीमा मोटरेबल पुल बन्ने भएको छ। सुदूरपश्चिमको दार्चुला र भारत जोड्न महाकाली नदीमाथि पुल बनाउन सम्झौता भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राबीच मंगलबार पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

याे पनि पढ्नुस  ईपीजीको आठौ‌ं बैठक : १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन

सम्झौताअनुसार भारतले अनुदानमा पुल बनाइदिन लागेकोले त्यसको सम्पूर्ण जिम्मा भारतीय पक्षको रहेको सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए। नेपालको तर्फबाट जग्गा उपलब्ध गराइदिने, रूख कटान गर्नुपर्ने भए त्यसको व्यवस्था गरिदिने, पुल निर्माणमा आउने भारतीय कामदार र सामानलाई सहज बनाउने कुरामात्रै भएको सचिव श्रेष्ठले बताए।

याे पनि पढ्नुस  केपी ओलीबारे भारतीय पूर्वराजदूत के भन्छन् (भिडियोसहित)

लगानीदेखि ठेक्कापट्टासम्मको काम सबै भारतीय पक्षले नै गर्ने भन्दै सचिव श्रेष्ठले भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार गरिसकेको र छिटै काम सुरू हुने जानकारी दिएको पनि बताए।

पुल महाकाली नगरपालिका–८ असिगडामा बन्न लागेको छ। उक्त पुलले नेपालको असिगडा र भारतको छारछुङलाई जोड्ने बताइएको छ।

याे पनि पढ्नुस  नेपाल–भारत सीमा बैठक : काठेपुल सञ्चालनको जिम्मा केन्द्र सरकारलाई

दार्चुला जिल्लाका सिडिओ दीर्घराज उपाध्यायका अनुसार अहिले दार्चुला र धार्चुला जोड्ने झोलुंगे पुल छ। मोटरेबल पुल बन्न लागेको ठाउँ सदरमुकामदेखि करिब १० किलोमिटर टाढा छ। केही दिनअघि भारतको केन्द्र सरकारले महाकालीमाथि पुल बनाउने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्