फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, मूल्यवृद्धिमा नयाँ रेकर्ड (हेर्नुस् आयल नियमको विज्ञप्ती)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेर सरकारले नयाँ रेकर्ड कायम गरेको छ।

आज (मंगलबार) राती १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेल/मटितेल प्रतिलिटरमा रु. ३ ले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ।

आज बढेको मूल्य अनुसार अब पेट्रोल १४२ र मट्टितेल १२५ रुपैयाँ कायम भएको छ। त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी विक्री मूल्य रु. ११६ पुगेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर विक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको छ।

याे पनि पढ्नुस  पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि

एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर रू. ८१. ६२ ले घटेर आएता पनि अझै निगमलाई प्रतिसिलिण्डर रू.५६०.०९ घाटा हुँदा समेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमले जनाएको छ।

यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब रू. २ अर्ब २३ करोड घाटा कायम हुन निगमले जानकारी दिएको छ।

याे पनि पढ्नुस  यस्ता पनि दिन आए, नेपालबाट भारत तस्करी हुन थाल्यो पेट्रोलियम पदार्थ

कमेन्ट गर्नुहोस्