एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक

काठमाण्डौं । एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्ने भएको हो ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

साथै , बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताइएको छ ।
एमालेमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय रहेको छ ।

कमेन्ट गर्नुहोस्