एमसिसीविरुद्ध माओवादी केन्द्रको मसाल जुलुस

झलारी । अमेरिकी सहायता परियोजना पारित गर्न नहुने भन्दै नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगर समितिले मसाल जुलुस प्रदर्शन गरेको छ ।

राष्ट्रघाती एमसिसी परियोजना खारेज गर, राष्ट्रिय स्वाधिनता जिन्दावाद लगायतका नारा लगाउँदै पार्टी समिति, वाइसिएल, महिला, अखिल क्रान्तिकारीलगायतका जनवर्गीय संगठनले मसाल जुलुस प्रदर्शन गरेका हुन । मसाल जुलुस बनसमितिदेखि कलुवापुर हुँदै झलारीमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई दीपक भट्टले सञ्चालन गरेका थिए भने बहादुर महरालगायतले सम्बोधन गरेका थिए ।

याे पनि पढ्नुस  एमसिसीमा तुहिएको ओलीको राष्ट्रवाद र प्रचण्ड अडान

प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गर्न खोजेपनि त्यसको प्रतिकार गर्दै मसाल जुलुस सम्पन्न भएका प्रदेश समिति सदस्य दुर्गा जाेशी भट्टले बताइन । “प्रहरीले जुलुसमा हस्तक्षेप गर्न खोजेको थियो । मसालमा पानी छ्याप्ने काम समेत भयो ।” उनले भनिन, “तर हामीले शानदार ढंगले प्रदर्शन सफल परा्यौं । एमसिसी पारित गर्न नदिन हामी जुनसुकै स्तरको आन्दोलनका लागि पनि तयार छौं ।

याे पनि पढ्नुस  एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिबारे पुनःविचार गरिँदै

नेकपा माओवाद िकेन्द्रले यथास्थ्तििमा कुनै परिमार्जन नगरि एमसिसी सम्झौता पारित गर्न नहुने अडान लिएको छ ।

यही विषयमा आज सत्तारुढ गठबन्धनका नेताहरुबीच छलफल समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्