सिके राउतका कार्यकर्ताद्वारा किसान आन्दोलन भन्दै राजमार्ग अवरुद्ध गरेर प्रदर्शन

जनकपुर, किसान आन्दोलन भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले प्रदर्शन गरेको छ ।

हातमा भाटा बोकेर सडकमा उत्रेका उनीहरुले राजमार्ग नै अवरुद्ध गरेका छन् । राजमार्गका ठाउँठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ता बसेका छन्।

आज बिहानैदेखि जारी प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ।

केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन्।

राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएका छन्।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ।

यसअघि जनमतले पार्टीले गरेको राजमार्ग अवरुद्धलाई प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो।

कमेन्ट गर्नुहोस्