भिजिविलिटी कम हुँदा उडान र अवतरण अवरुद्ध,काठमाण्डौंको आकाशमा विमानको फन्को

काठमाडौं । बाक्लो तुवाँलोका कारण विहानैदेखि आन्तरिक उडान अवरुद्ध, भएको छ। भिजिवलिटी कम हुँदा देशैभर हुने आन्तरिक उडान हुन सकेको छैन।तुवालोका कारण अवतरण पनि समस्या आएको छ ।

स्तानबुल र कोलम्बोबाट काठमाडौं आएका दुईवटा विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को मारिरहेका छन्।

अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ।

पश्चिमी वायूको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खरावी आएपछि विहान नौ वजेसम्म देशैभरका ३५ वटै विमानस्थलमा उडान हुन सकेको छैन।

काठमाडौं विमानस्थलका लागि पाँच हजार मिटर भिजिवलिटी आवस्यक पर्छ तर एक हजार दुई सय मिटर मात्र भिजिवलिटी रहेका कारण उडान र अवतरणमा समस्या आएको हो । विहीबारका लागि एक सय १२ वटा नियमीत उडान तोकिएकोमा सबै उडान अवरुद्ध हुदाँ यात्रुहरुलाई असुविधा पर्न गएको छ ।

कमेन्ट गर्नुहोस्