फेसबुक विरुद्ध अपराधिक मुद्दा

अष्ट्रेलियाका एक अर्बपतिले फेसबुक विरुद्ध अपराधिक मुद्दा दायर गरेका छन्। अष्ट्रेलियन अर्बपति एन्ड्रियु फरेस्टले आफ्नो तस्बिर प्रयोग गरी बनेको ठगी (स्काम)को विज्ञापन रोक्न कम्पनी असफल भएको भन्दै फेसबुक विरुद्ध अष्ट्रेलियन अदालतमा मुद्धा दायर गरेका हुन्। गत वर्ष सेप्टेम्बरमा, फरेस्टले क्यालिफोर्नियाको सुपीरियर कोर्ट, सान माटोको काउन्टीमा फेसबुक विरुद्ध सिविल मुद्दा दायर गरेको हुन्।

फेसबुकले अष्ट्रेलियाको कानुन विपरित रहेको क्रिप्टोकरेन्सीका फाइदा रहेको भ्रम फैलाएको फरेस्टकोले दायर गरेको मुद्धामा उल्लेख छ। फेसबुकले आफ्नो तस्बिर प्रयोग गरि ठगि धन्दा चलाएको उनको आरोप छ । तेस्तो खालको विज्ञापन पहिलो पटक सन् २०१९ को सुरुवातमा फेला परेको उनको भनाइ छ।

फेसबुकले संसारमा पहिलोपटक अपराधिक मुद्दा बेहोर्नु परेको उनले बताएका छन्। यदि फेसबुक दोषी पाइयो भने,फेसबुकले प्रत्येक तीनवटा आरोपमा १२६,००० अष्ट्रेलियन डलर भन्दा बढि जरिवाना तिर्नुपर्ने उनको माग छ ।

यद्यपि, फेसबुक कम्पनीले भने सो मुद्दाबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। फेसबुकले त्यस्ता विज्ञापनहरु माथि प्रतिबन्ध लगाउँदै आएको बताइन्छ। अर्बपति फरेस्ट फलाम खानी कम्पनी फर्टस्क्यु मेटल्सका अध्यक्ष हुन्। अष्ट्रेलियाको नयाँ कानूनसँग फेसबुकको सामाग्री बाझिएपछि फेसबुक दबाबमा परेको छ ।

कमेन्ट गर्नुहोस्