सुगा हराएपछि शहरभरि पोष्टर टाँस, खोजी गर्नेलाई १ लाख पुरस्कार

राजस्थान, मानिस हराएपछि पुरस्कार घोषणाको समाचार त हामीले सुन्दै आएका छौं । तर भारतको राजस्थानमा एकजना मानिसको सुगा हराएपछि उनले खोजी गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेका छन् ।

भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार, सिकर शहरका चर्चित मुटुरोग विशेषज्ञ डा. विके जैनको सुगा हराएपछि उनले शहरभरि पोष्टर टाँसेर पुरस्कारको घोषणा गरेका हुन ।

“मेरो सुगा हराएकोले कसैले खोजेर ल्याएको खण्डमा त्यसलाई एक लाख पुरस्कार दिइने छ।” उनले पोष्टरमा लेखेका छन् ।
समाचार अनुसार, परिवार र अस्पतालका स्टाफले सुगा खोज्ने कार्य युद्दस्तरमा जारि राखेका छन् ।

डा. जैनकी श्रीमती अर्चनाले बताए अनुसार, अस्पतालमा नै बस्दै आएका उनीहरुको सुुगा केही दिन अघि टेरेसमा खेलिरहेको बेला उडेको थियो ।
डा. जैनले दुई वर्षअघि अफ्रिकन ग्रे कलरको सुगाको जोडा ८० हजारमा किनेर ल्याएका थिए । उनले एउटा सुगाको नाम कोको राखेका थिए । सुगाले एक हजार शब्द भन्दा बढी बोल्ने उनले बताए । डाक्टरले सुगालाई सिरिन्जबाट दूध खुवाउने गर्दथे ।

कमेन्ट गर्नुहोस्