अध्यक्ष प्रचण्डद्वारा कर्णाली प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गरेका छन् ।

कर्णाली प्रदेशको आज आयोजना गरेको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिको समिक्षात्मक सम्बोधन गर्नुका साथै संगठनात्मक विषयमा समेत प्रकाश पारेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा कायमै रहेको र उनीहरुले जसरी हुन्छ गठबन्धन भत्काउन खोजेको बताउँदै माओवादी पार्टीले खेलिरहेकोे भूमिकाका बारेमा सम्बोधन गरेका हुन ।

नेकपा माओवादी केन्द्रले आगामी माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले जारि गरेको पछिल्लो सर्कुलर अनुसार, सो अगावै सबै प्रदेशका पदाधिकारी तथा संगठनात्मक कार्य टुंग्याउन निर्देशन दिएको छ । सोही बमोजिम आज कर्णाली प्रदेशको बैठक बोलाइएको हो । सुदूरपश्चिम प्रदेशले भने भोलीका लागि प्रदेश समिति बैठक बोलाएको छ ।

कमेन्ट गर्नुहोस्