दुर्गानारायण ढकालको नँया पुस्तक “संक्षिप्त ऐतिहासिक दर्पण” सार्वजनिक

काठमाण्डौं । माक्सवादी चिन्तक दुर्गानारायण ढकालको नँया पुस्तक “संक्षिप्त ऐतिहासिक दर्पण” सार्वजनिक भएको छ । माक्सवादी लेखन र चिन्तनमा रुचि राख्ने लेखक ढकालले नँया पुस्तामा माक्सवादको अध्यन संस्कृती विकास गर्नुपर्छ भन्ने धारणा राख्छन् । नेकपा (माओवादी केन्द्र)स्याङ्जाका जिल्ला सल्लाकार संयोजक रहेका ढकालको “संक्षिप्त ऐतिहासिक दर्पण” पाँचौ कृति हो

यो पुस्तकमा मानव जातिको इतिहास देखि नेपाली कम्युनिस्ट आन्दोलनका विषयवस्तुलाई समेटिएको छ । यस पुस्तकमा वैधिक काल,वंश परम्परा वेदमा वर्णित भूगोलको विस्तृत चर्चा गरिएको छ ।

पुस्तकमा नेपालको मुख्य विशेषताको रुपमा रहेको बहुजातीय अवस्था र स्थिति बारे समेत चर्चा गरिएको छ । त्यसैगरी पुस्तकमा नेपालमा गोपालवंशीय शासन,नेपाल मण्डलमा लिच्छवीहरुको शासन, मल्लवंशीय शासन,शाहवंशको उद्गम र राणाशासनको सूत्रपातदेखि पतनका घटनाहरु सपाट पस्तुत गरिएको छ ।

तेस्तै,भारतवर्षमा मुगल साम्राज्यको सूत्रपात र विकास देखि अङ्ग्रेज शासन, स्वतन्त्रता महासङ्गाराम र बङ्गलादेश निर्माण सम्मका विषयवस्तुलाई समेटिएको छ ।

नेपाली युवाहरुको विदेसी सेनामा भर्ती देखि नेपाली प्रजातान्त्रिक आन्दोलन,धार्मिक र सुधारवादी आन्दोलनका घटनाक्रम समेटिएको यस पुस्कमा ने.क.पा(माओवादी)को नेतृत्वमा सञ्चालित १० वर्षे महान् जनयुद्धको आरम्भ देखि विस्तृत शान्ति सम्झौता,संविधान निर्माण,जनयुद्धले ल्याएको जनजागरण र जनउत्थानका विषयलाई समेटिएको छ ।

कमेन्ट गर्नुहोस्