अमेरिकी सेनाको सिरियामा गर्यो ६ बालबालिकासहित १३ को हत्या, आइएस नेता मारिएको दावी

सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा छ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ। मारिनेमा चार महिला पनि रहेको जनाइएको छ।

टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरू मारिएका हुन्। सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ। साथै उक्त क्षेत्र अल कायदासँग सम्बन्धित विदेशी जिहादीहरूको पकड क्षेत्र मानिन्छ।

बुधबार रातभर गरिएको सो कारबाहीमा भवनहरू क्षतिग्रस्त भएका छन्। अक्टोबर २०१९ मा इस्लामिक स्टेट (आईएस) का नेता अबु बकर अल–बग्दादी मारिएपछि उत्तर–पश्चिम सिरियामा भएको यो अमेरिकी कारबाही सबैभन्दा ठूलो भएको बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्था, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स बताएको छ।

वर्षौंदेखि, अमेरिकी सेनाले उत्तरी सिरियामा अल–कायदाका नेताहरूलाई परास्त गर्न ड्रोन आक्रमण जारी राखेको छ।

आईएसका नेता कुरेशी मारिएको अमेरिकाको दाबी

यसैबीच अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल–हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको दाबी गरेका हुन्। सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको छ।

बाइडेनले एक विज्ञप्ती जारी गर्दै अमेरिकी सेनालाई सिपालु र वीर सैनिकहरुलाई धन्यवाद छ भनेका छन्। उनले अबु इब्राहिम अल हसिमी अल कुरेसीको युद्ध क्षेत्र कब्जा गरेको र सैन्य कारबाहीमा कुरेसीलाई मारिएको दावी गरेका छन्।

६ बालबालिका र ४ महिलासहित १३ जनाको ज्यान जाने गरी भएको अमेरिकी सेनाको हमला राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस लगायतले लाइभ हेरेका बताइएको छ।

कमेन्ट गर्नुहोस्