भारतीय प्रहरीको दादागिरी, हतियारसहित बर्दियाको गुलरिया प्रवेश

बर्दिया । भारतीय प्रहरी हतियारसहित बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका छन्। भारतीय प्रहरीका दरोगा (उपरीक्षक) अनाधिकृत रुपमा बिहीबार बेलुकी करिब साढे ५ बजे सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन्।

यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए। उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन्।

याे पनि पढ्नुस  अब नेपालमा ७७ जिल्ला, थपिएका जिल्ला कुन कुन हुन त ?

सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनलाई जाँचसमेत गरिएको छैन। प्रहरी पोसाकमाथि ज्याकेट लगाएका उनी कुन प्रयोजनका लागि आएका हुन् भन्नेबारे प्रहरी प्रशासन अहिलेसम्म बेखबर छ।

यस सम्बन्धमा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। उनले सीमामा तैनाथ सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको बताए।

याे पनि पढ्नुस  भारतबाट ४७० मेगावाट ल्याउन, उद्योग क्षेत्रमा ३–४ घण्टा बिजुली कटौती गर्ने

६ वर्षअघि पनि भारतीय प्रहरी हतियारसहित गुलरिया प्रवेश गरेका थिए। त्यसबेला मञ्जुलकुमार श्रेष्ठको घरबाट दुई जनालाई हतियार देखाउँदै अपहरण गरी लैजाने बेला स्थानीयले विरोध गरेका थिए। त्यसपछि भारतीय प्रहरीलाई नेपाल प्रहरीले स्कटिंग गरी सीमा कटाएका थिए।

कमेन्ट गर्नुहोस्