बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ । पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, बैतडी, डडेल्धुरा, डोटीमा बिहीबार दिउँसोबाट वर्षासँगै हिमपात समेत सुरु भएको हो । बर्षासँगै जिल्लाका सुदुरपश्चिम प्रदेशका सबै क्षेत्रमा भारी हिमपात सुरु भएको हो ।
हिमपातका कारण यी जिल्लामा टेलिफोन सेवा, यातायात सेवा र विद्युत सेवा समेत अबरुद्ध बनेको छ ।
दर्जनभन्दा बढी ठाँउमा बाक्लो हिमपातका कारण जिल्लाबाट लामो दुरीमा चल्ने दर्जनौ सवारीका साधन बिच बाटोमै अलपत्र परेका छन् ।
लगातार हिमपात भै रहेका कारण राजमागर्थ संचालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तस्वीरः मोहन बिष्ट