हिमपातले कतै खुसियाली ,कतै सास्ती

काठमाण्डौं । हिजो देखि देशका उच्च पहाडि क्षेत्रमा वर्षा सहित हिमपात भएको छ । हिमपातका कारण हिउँदे बालि सप्रने हुँदा किसानहरु हर्षित भएका छन् । काठमाण्डौं वरिपरिका डाँडा काँडामा पनि हिउँ परेका कारण हिउँ खेल्ने र रमाउने तस्बिर खिचेर हाल्नेहरुको संख्या उल्यख्य छ । तर हिउँ खुसि र रमाइलो मात्रै दिएको छैन । हिउँका कारण कतैकतै जनजीवन प्रभावित बनेको छ । तैस्तै मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा हिमपात भएको छ। यस क्षेत्रमा यस वर्ष तेस्रो पटक हिमपात भएको हो।

बिहीवार रातिदेखि वर्षासँगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए। उनका अनुसार सडकमा एक फिटभन्दा हिउँ जमेको छ।

अवरुद्ध सडक थाहा नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्