म्यानपावर कम्पनीको वर्गीकरण हुने , सहसचिवको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउने उदेश्यले यसो गर्न लागिएको हो । आठ सय ६० म्यानपावर कम्पनीलाई मापदण्ड बनाएर वर्गीकरण गर्न लागिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

आज गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्